प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७औँ बैठक सम्माननीय प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा सम्पन्न।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ। बैठकले पुनर्निर्माणलाई अघि बढाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने सम्बन्धमा छलफलसमेत गरेको छ।

त्यसअघि, २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको कार्यान्वयन अवस्थाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले बैठकलाई जानकारी गराउनुभएको थियो।

बैठकले वन डढेलो र त्यसका कारणले सिर्जित वायु प्रदूषणको अवस्थालाई ध्यानमा राखी डढेलो रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियानलगायतका कार्यक्रम संचालन गर्न गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।

PMO Nepal हेलो गृह मन्त्रालय