म्यानमारमा गएको महाभूकम्पको बेला नेपाली सेनाको आपत्कालीन मेडिकल रिस्पोन्स टोलीले खाँचोमा परेका मानिसहरूलाई स्वास्थ्य सहायता प्रदान गर्दैछ।

म्यानमारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार प्रदान गर्दै नेपाली सेनाको चिकित्सकीय टोली ।

कोश आवाज चैत्र २३ गते

म्यानमारमा गएको महाभूकम्पको बेला नेपाली सेनाको आपत्कालीन मेडिकल रिस्पोन्स टोलीले खाँचोमा परेका मानिसहरूलाई स्वास्थ्य सहायता प्रदान गर्दैछ।

टोलीले म्यानमारका भूकम्पपीडितलाई उपचार गरिरहेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार म्यानमारको मन्डले क्षेत्रअन्तर्गत यामेथिन सहरमा मेडिकल क्याम्प स्थापना गरी भूकम्प प्रभावित घाइतेलाई सेनाले स्वास्थ्य उपचार गरेको हो ।

म्यानमारमा हालै गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा घाइते भएकाको स्वास्थ्य उपचारको सिलसिलमा सेनाको चिकित्सकीय टोलीले यामेथिन सहरमा क्याम्प स्थापना गरेको हो ।

चैत २० गते (बुधबार) भूकम्पपीडितलाई राहत लिएर प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चारजना बन्दोबस्ती सहायता टिम र ६ जना क्रू मेम्बरसहित २२ जनाको टोली म्यानमार गएको हो ।