

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने आदेश दिएसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो ।
यद्यपि उनले आफैँ गिरफ्तारी दिन जाने बताएका थिए ।
उनले साम लेखेका छन्,‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु । साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठुलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस् ।’