

कबि: राम नरेश झा “दौलतपुरे ”
रंगेली: हाँसी -खुशी,मिलि -जुली बांच्नु नै हो जीवन जान l
पाईन्छ मानव जुनी धेरै जप -तप गरे पछि मान ll
बेद-शास्त्र ले यहि नै दिएकोछ दिब्य ज्ञान l
जीउन छ दुई दिन को जिन्दगी व्यर्थ न देखाउ शान ll
सरल बानी-वचन ले समाजमा बनाउछ सालिन l
परिवार वाट अल्गिएर रहनु वनिन्छ जल विना मीन l l जन्म-मृत्यु, सत्य हो मर्छ सवै, अघि -पछि एक दिन l कलह ,झैझगडा ले त्रस्त भै जीउनु हुन्छ अर्थ हीन ll माया-ममता,स्नेह को अभावमा जीवन बन्दछ सुस्त l
घर- व्यवहार बिग्रिन्छ मूढताले जीवन बन्दछ ध्वस्त ll
कर्म गर्न छाडीभागे पछि जिन्दगी हुनेछ प्रस्त l
कोशिष गरे जीवन जीउन सकिन्छ भै मस्त ll
समझना -विर्सना को जिन्दगी बनाउ यादगार l
अल्छि,पामर होईन जीवन लाई कर्म ले सिंगार ll
गूरू होईन सिकारु भै सिक जीउनु कलाको सार l लोभ-लालच,इर्ष्या -डाह त्याग बन होशियार
रंगेली ६ स्कूलटोल मोरंग