

दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले इटहरीमा फेला पारेको छ ।
उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी फेला पारेको हो ।
बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ ।
चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए ।
उनकै कमान्डमा गरिएको अराजक प्रदर्शनले २ जनाको ज्यान लिएको थियो ।