आज कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहसंग भेट गरी चैत १५ गते तिनकुने र आसपासका क्षेत्रमा भएको घटना लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यहीँ चैत्र १५ मा तीनकुनेमा भएको हिंसाका विषयमा छानबिन गर्न आयोग गठन गर्न माग गरेको छ ।

ध्यानाकर्षणपत्रमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन राप्रपाको माग राखिएको छ । राप्रपाले उक्त घटनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसमेत गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो । गृहमन्त्रीसँगै १५ को नेतृत्व गर्ने प्रहरी र प्रशासनिक प्रमुखलाई निलम्बनको मागसमेत गरिएको छ ।

साथै उक्त दिन ज्यान गएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई शहिद घोषणा तथा क्षतिपूर्तिको माग गरिएको छ । यसका साथै उसले रवीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहरूको रिहाइको माग समेत गरेको छ ।