गुडिरहेको टिपरमा आगलागी भएको छ

विराटनगर । विराटनगर-१९ मिलन चोकमा गुडिरहेको टिपरमा आगलागी भएको छ । आज दिउँसो २ः३० बजेतिर प्रदेश १-०२-००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो।
विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै थियो। प्रहरीका अनुसार टिपर सुनसरीको इनरुवा नगरपालिका-३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए ।