लागू औषध गाजासहित तीनजना पक्राउ

कोशी आवाज २०८२ बैशाख १३ गते ।

बिराटनगर। सुनसरी र संखुवासभाबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध औषध गाँजा कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट सुनसरीको धरान- १३ स्थित खटिएको प्रहरी टोलीले बाटोमा को. १ च ७३३५ नम्बरको स्कार्पियो रोकि राखेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त स्कारपियो भित्रबाट कालो प्लास्टिकले प्याकिङ गरि राखेको (१० पोका) ३०० किलोग्राम गाँजा बरामद गरि चालकको खोजतलास गरिरहेको छ भने भोक्राहा नरसिंह गाउँपालिका-६ बाट को. १६ प ६४७४ नम्बरको स्कुटी चालक बराहक्षेत्र नगरपालिका-१ का २८ बर्षीय समिर राई र पछाडी सवार २८ बर्षीय संजिव राईलाई ३१ किलोग्राम गाँजा सहित प्रहरी चौकी चिरौलीचोकले नियन्त्रणमा लिएको ।
त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाको हिरासत कक्षमा रहेको आगुऔषध मुद्धाको प्रतिबादी धर्मदेबी नगरपालिका-४ का ५९ बर्षीय गोपाल अधिकारीको घरमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने खुल्न आएसगै खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा निजको बाख्राको खोरमा लुकाई छिपाई राखेको तयारी गाँजा ३ किलो ११४ ग्राम फेला बरामद गरेको हो ।
बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।