बजारमा हल्ला फैलिएको कुरो– प्रहरी प्रशासन र कर्मचारीको प्रयोग गरी कक्षा १२ को परीक्षा सञ्चालन गर्ने ।

“विस्तारै विस्तारै गरे भैहाल्छ नि भाइ किन हतार गरेको ?” यो डाइलग अचेल ट्रेन्डिङमा छ ।

कोशी आवाज बैशाख ९ गते मंगलबार

सन्दर्भ कक्षा १२ को परीक्षा ।

मोरङ रंगेली। बजारमा हल्ला फैलिएको कुरो– प्रहरी प्रशासन र कर्मचारीको प्रयोग गरी कक्षा १२ को परीक्षा सञ्चालन गर्ने ।

त्यसरी परीक्षा सञ्चालन गर्न सम्भव छैन । किन ?

१) प्रश्नपत्र इमेलमार्फत पठाउने चलन छ । स्कुलका इमेलमा प्रश्नपत्र पुग्छन् । ती कम्प्युटरमा पासवर्ड होला । बिना पासवर्ड स्कुलका कम्प्युटर कसरी खुल्छन् ?

२) स्कुलका कम्प्युटर नखुल्ने भएपछि प्रिन्ट कसरी सम्भव होला ?

३) पर्सीबाट परीक्षा । आजसम्म अधिकांश विद्यार्थीले प्रवेशपत्र पाएकै छैनन् । स्कुल बन्द । प्रवेशपत्र कसले दिन्छ ? सिट प्लानिङ पनि भएको छैन ।

४) ल मानिलिउँ, स्कुलका कम्प्युटर वा प्रिन्टर प्रयोग नगरौँ । उसो भए कहाँ कहाँ प्रश्नपत्र छापेर परीक्षा केन्द्रमा पुर्याउने होला ? कि सबै परीक्षा केन्द्रमा सरकारी कार्यालयबाट कम्प्युटर, सिपियु, प्रिन्टर बोकेर लैजाने हो ? सम्भव होला त ?

५) एउटा विद्यार्थीले ६ विषयमा परीक्षा दिन्छन् । तर अनिवार्यबाहेक ऐच्छिक त थुप्रै विषय छन् । एउटा परीक्षा केन्द्रमा फरक फरक विषय लिएका परीक्षार्थी हुन्छन् । त्यसैले सामान्य स्थितिमा पनि ऐच्छिकका प्रश्नपत्र प्रिन्ट गर्न झन्झटिलो हुन्छ भने कर्मचारी\्रहरीलाई प्रश्नपत्र प्रिन्ट गर्न सोचेको जस्तो सहज हुँदैन । तिनका गुदीले नभ्याउन पनि सक्छ ।

थुप्रै समस्या छन् । उत्तरपुस्तिका पुगिसकेका छन्, परीक्षा त जसरी पनि सञ्चालन हुन्छ भन्ने सोच्नु गलत हुनेछ । कुनै दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिने ?

तसर्थ राष्ट्रिय परीक्षा बोर्डले आजै निर्णय गर्नुपर्छ । ढिला गर्नु हुँदैन । विद्यार्थीलाई अन्योलमा राख्नु हुँदैन । उनीहरूको मनःस्थिति बिग्रिएको छ । तनावमा राख्नु हुँदैन । तनावबीच परीक्षा सञ्चालन गर्नु हुँदैन । हो, रापबोका पदाधिकारीलाई भन्न चाहन्छौँ, “विस्तारै विस्तारै गरे भैहाल्छ नि भाइ किन हतार गरेको ?”

– प्रकृति अधिकारी