

“लामो दुरीको (LRP) गस्ती सम्पन्न”
कोशी आवाज
बैशाख ७ गते आइतबार
रंगेली। समुदायका हरेक क्षेत्रमा प्रहरीको सहज पहुँच र उपस्थितिलाई प्रभावकारी बनाई भयरहित समाजको निर्माण गर्न र अपराधजन्य घटना न्यूनिकरण तथा रोकथाम गरी नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने उदेश्यले मिति २०८२।०१।०५ गतेदेखि यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. सन्तोष कुमार खड्काको कमाण्डमा खटिएको ११ जनाको प्रहरी गस्ती टोलीले इलाका प्रहरी कार्यालय रंगेली मोरङको क्षेत्राधिकार भित्र पर्ने रंगेली- चोप्राहा- आँपगाछी- चाँदनी चोक- पण्डित टोल- झपडलत- वरडंगा- डाइनिया- खिरखिरडाँगी चोक- काशीजान- दोहमना- फर्साडाँगी- शान्तिचोक- द्रर्वेशा- निचामारी हुँदै मिति २०८२।०१।०७ गते कार्यालय फिर्ता भएको हो । उक्त गस्तीको क्रममा रंगेली नगरपालिका वडा नं. ०५ को वडा कार्यालय र चाँदनी चोकमा चोरी नियन्त्रण, सुनवर्षी काशीजानमा आत्महत्या न्यूनिकरण र रंगेली नगरपालिका वडा नं. ०९ दोहमना बजारमा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी उक्त कार्यक्रमबाट अन्दाजी ४०० जना लाभान्वित भएको ।