

अन्तरास्ट्रिय रम्बास कविता प्रतियोगिताको आयोजना गरेर बिभिन्न मुलुकका उत्कृष्ट कविताहरू मध्ये बाट नेपालको मोरङ्ग जिल्ला रङ्गेली नपा वडा नं ९ दोहमनाका चिरञ्जीवी काफ्ले प्रथम हुन सफल हुनु भएको छ
कोशी आवाज
बैशाख ७ गते आइतबार
रंगेली। कवि चिरञ्जीवी काफ्ले बिभिन्न साहित्यिक संस्थामा आबद्ध रही भाषा कला र साहित्यको अनवरत सेवा गरिरहनु भएको छ । शिक्षण पेसामा संलग्न कवि चिरञ्जीवी काफ्ले नेपाल शिक्षक महासंघ रङ्गेलीको अध्यक्ष छन्दवाटिका नेपालको सचिव रङ्गेली साहित्य कला समाजको सचिव लगायत बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।
उक्त प्रतियोगिता गजेन्द्र सिंह क्षेत्री स्मृति रम्बास कविता आयोजना समिति २०२५ ले आयोजना गरेको थियो ।