

हाल धनकुटा छथर जोरपाटी तिलेश्व मा. वि.मा कार्यरत शिक्षक रन्जित सरदारको भनाइ
कोशी आवाज बैशाख २ गते
रंगेली । चुनावको बेलामा घर घरमा गइ शिक्षकलाई खोज्ने र आफुलाई जिताउन हात जोडेर अनुनय विनय गर्ने नेतागणहरु अहिले किन मौन छ्न त?? शिक्षक कर्मचारीको माग पूरा गर्ने बित्तिकै उनीहरुको दानापानी बन्द हुने हो कि के हो बुझ्न सकिएन । तपाईंहरु विचार गर्नु होला नेता भनाउदाहरु त्यो समय फेरि आउदैछ र अहिलेको जुन गणतन्त्रमा तपाईंहरु रजाई गरि राख्नु भा छ नि त्यस्मा हामी शिक्षकहरुको पनि उत्तिकै योगदान रहेको छ। तपाईं नेता भनाउदाहरुले खासमा सार्वजनिक शिक्षाको क्षेत्रमा सुधार होस भनी भित्री मन देखि चाहनु भएकै छैन ,चाहनु पनि कसरी सबै नेताहरुको आफ्नो २/४ वटा निजी विधालयमा लगानी रहेको छ,यदी सामुदायिक विधालयमा सुधार गर्यो भने व्यापार डुब्ने डर यदि साचिक्कै तपाईहरुमा देश र यदी देश जनता र सार्वजनिक शिक्षा प्रती अलिकती पनि जवाफदेहीता छ भने तुरुन्तै प्रतिनिधि भभाको बिशेष अधिवेसन बोलाएर शिक्षा संघीय शिक्षा ऎन जारी गर्नुस होईन भने तपाईहरु र संघीयता दुबै फेल भएको कुरा प्रमाणित हुन्छ