त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
# बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
२६ चैत, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।