

कोशी आवज
चैत्र २३ गते
काठमाडौ। सम्पूर्ण आमा–बुवा, दाजुभाई तथा दिदिबहिनीहरु, मेरो घरमा प्रहरी आएको छ । मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज, अहिले यतिबेलासम्म कुनै कागज पनि दिएको छैन् । मेरो घरभित्र प्रहरी बेडरुमसम्म आउनुभएको छ । उच्च अदालतको आदेशभन्दा अगाडि यता प्रहरी तैनाथ हुँदा ठुलो आशंका सिर्जना गरेको छ । मैले सम्मानित अदालतको आदेश सधैँ मानेकै छु । कानूनलाई मानेकै छु । पहिला पनि आफैँ उपस्थित हुन गएकै हुँ, अहिले पनि जान्छु भनेर सार्वजनिक गरेको छु । तर, यो राज्यआतंक, धरपडक म माथि के कारणले भइरहेको छ बुझ्न सकेको छैन । भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनुहोला । मलाई लागेको थियो म केही कुरा भन्छु भनेर तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती पक्राउ गर्ने कोशिस गरियो । छ होला, तर त्यो लिएर आएर लैजान सकिन्थ्यो । भोलि लैजान सकिन्थ्यो । भरेपनि लैजान सकिन्थ्यो ।
मेरा लागि कुनै पनि प्रक्रिया पूरा गर्न मानेको छैन । आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ । म यसै पनि गिरफ्तारी दिन्छु भनेर बसेकै छु । जे होस, आमनागरिकले सबै हेरिरहेका छन् भन्ने मलाई विश्वास छ । न्यायको लडाइँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु । यहाँहरुले साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । मैले कुनै गल्ती गरेको छैन । कुनै अपराध गरेको छैन । तर, संसारको सबैभन्दा ठुलो अपराधीलाई जस्तो म माथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छ भन्ने मैले विश्वास लिएको छु ।
म धेरै केही भन्दिनँ, सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउन लागिपरेको छु । न्यायका लागि दुनियाँका जति पनि न्यायालय छन्, तिनका सबै ढोका ढकढक्याउँछु । यहाँहरुले सबै कुराको साक्षी बसेर हेरिरहनुभएको छ होला भन्ने विश्वास लिएको छु । यति जानकारी दिन उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु । चितवनमा मेरा जति पनि मतदाता आमाबुबा, दाजुभाइ, दिदीबहिनी हुनुहुन्छ शनिबारको कार्यक्रम नरोक्नुहोला, अन्य साथीहरू आउनुहुन्छ, कुराकानी गर्नुहुन्छ । निरन्तर चलिरहन्छ । मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घन्टी चुनाव चिह्न बसेको छ । मलाई आशा छ–यो आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ । निरन्तरता प्रदान गर्नुहोला । म कानुनी लडाइँमा छु । नमस्ते ।