

कोशी आवाज
चैत्र २३गते
गगन थापा भोलि तुलसीपुर जाँदै
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सक्रियता बढ्दो छ । भोलि (आइतबार) थापा दाङ जाने तय भएको छ । उनी तुलसीपुरमा हुने नेपाल थारु संघको प्रथम अधिवेशन तथा सम्मेलनमा सहभागी हुन दाङ जान लागेको उनको सचिवालयले जनाएको छ ।
पछिल्लो समय थापाले आफ्नै पहलमा देश समृद्ध बनाउन सम्भव भएको भन्दै सोहीअनुसार आफ्नो भीजन सेयर गर्ने गरेका छन् । राष्ट्रिय राजनीतिलाई दिशा दिनेगरि थापाले हस्तक्षेप बढाएका छन् ।