

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
कोशी आवाज चैत्र २३ गते
विराटनगर । झापा र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर-१५ र १७ स्थित लागुऔषध औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ब्राउन सुगर १२ ग्राम ५४ मिलिग्राम र लागुऔषध ESKUF 100 ML को ८ बोतल सहित सुनसरी धरान- ११ का ४० बर्षीय राज कुमार साह, ईटहरी-२ का २१ बर्षीय सुजन विश्वकर्मा र मोरङ केराबारी गाउँपालिका-६ का ४२ बर्षीय निरज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी झापाको मेचिनगर नगरपालिका- ६ बाट ब्राउन सुगर १ ग्राम २३० मिलिग्राम सहित मोरङ उर्लावारी नगरपालिका-३ का १९ बर्षीय सुनिल बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।