ज्ञानेन्द्र शाहीले  कविता शैली मा भने :सत्यको मुख थुन,  झुटको गीत गाऊ। बेइमानीको पूजा गर नैतिकताको खिल्ली उडाऊ।

कोशी  आवाज चैत्र २३ गते

राप्रपा का नेता तथा प्रबक्ता माननीय ज्ञानेन्द्र शाही ले लेख्छन् ।

सत्यको मुख थुन,
झुटको गीत गाऊ।
बेइमानीको पूजा गर
नैतिकताको खिल्ली उडाऊ।।
क्रान्तिकारीको नाराले,
जनतालाई उल्लु बनाऊ।
पापीहरूको शासनमा,
इमान्दारहरुलाई रुवाऊ।।

गरिबहरुलाई चुस्दै,
तिजोरीहरु भर ।
न्यायको आँखा फोडिदेऊ
कानहरू बन्द गर,।
भ्रष्टहरूको जयजयकार गर्दै
, सत्ताको भोग गर।।

तर याद राख, यो खेल सधैं चलिरहने छैन,
सत्यको ज्वाला बल्नेछ, अन्धकार हट्नेछ।
जनताको आँसुको हिसाब, तिमीले दिनुपर्नेछ,
भ्रष्टहरूको साम्राज्य, ढल्ने दिन चाँडै आउनेछ।।