नयाँ भन्सार नीति अनुसार सबै व्यापारिक साझेदार देशहरूलाई १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा उनले गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट आयात हुने वस्तुमा बुधबार थप भन्सार दर घोषणा गरेपछि व्यापार युद्ध सुरू भएर विश्व अर्थतन्त्र र बजारलाई नै असर गर्ने देखिएको छ।

नयाँ भन्सार नीति अनुसार सबै व्यापारिक साझेदार देशहरूलाई १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा उनले गरेका हुन्।

प्रतिस्पर्धीहरूलाई भने रेसिप्रोकल (जबाफी) महसुल लगाउने घोषणा गरेका छन्। अरू देशले अमेरिकी उत्पादनमा लगाए जति नै भन्सार लगाउने भनेर उनले रेसिप्रोकल महसुल घोषणा गरेका छन्।

ठ्याक्कै अरू देशले आफ्ना उत्पादनमा लगाए जति महसुल नलगाए पनि उनले अमेरिकाको व्यापार घाटा भएको देशहरूलाई उच्च भन्सार दर लगाएका छन्।

उनले आठ वटा देशहरूलाई ४० प्रतिशतभन्दा बढी भन्सार शुल्क निर्धारण गरेका छन् भने मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत अनि भारतलाई २७ प्रतिशत भन्सार शुल्क निर्धारण गरेका छन्।अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका छन्।

ट्रम्पको बुधबारको घोषणापछि नै विश्वभरी सेयर बजारमा गिरावट आएको छ।