धनपालथानमा कार दुर्घटना, भारतीय नम्बर प्लेटप्रति स्थानीयको शंका, गाडी अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा राखी अनुसन्धान गरिँदै

मोरङको। धनपालथान गाउँपालिका–४, कर्सीया बजारस्थित पेट्रोल पम्प अगाडि बुधबार राति १०:४५ बजे बा १७ च ६७२९ नम्बरको होन्डा सिटी कार दुर्घटनाग्रस्त भएको छ। सडक निर्माणका क्रममा बनाइएको डाइभर्सनको डिभाइडरमा ठोक्किएर गाडी अनियन्त्रित भएको हो।

पछि बाट हामी बुझ्दा स्थानीयका अनुसार गाडीमा २ जना सवार थिए, जसलाई प्रहरीले नै घरसम्म पुर्‍याएको भनाइ छ। साथै, गाडीमा भारतीय नम्बर प्लेट रहेको र पछाडिको नम्बर फरक देखिएकाले स्थानीयले शंका व्यक्त गरेका छन्।

इलाका प्रहरी कार्यालय रंगेलीले गाडी नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद जोशीका अनुसार चालक सुनसरी चतराका २८ वर्षीय सुमन भण्डारी रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानअनुसार, पहिलो पटक सो बाटो हाँक्दा डिभाइडर छुट्याउन नसक्दा दुर्घटना भएको हुनसक्ने बताइएको छ।

स्रोत : आवर प्रदेश