

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यहीँ चैत्र १५ मा तीनकुनेमा भएको हिंसाका विषयमा छानबिन गर्न आयोग गठन गर्न माग गरेको छ ।
ध्यानाकर्षणपत्रमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन राप्रपाको माग राखिएको छ । राप्रपाले उक्त घटनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसमेत गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो । गृहमन्त्रीसँगै १५ को नेतृत्व गर्ने प्रहरी र प्रशासनिक प्रमुखलाई निलम्बनको मागसमेत गरिएको छ ।
साथै उक्त दिन ज्यान गएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई शहिद घोषणा तथा क्षतिपूर्तिको माग गरिएको छ । यसका साथै उसले रवीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहरूको रिहाइको माग समेत गरेको छ ।