मोरङको रगेली वार्ड नं ७ मा आज विहान आगलागी भएको छ ।

 रंगेली ,मोरङ
आगलागी बाट लगभग १० लाख मुल्य वरावरको धनमाल जलेर पुर्ण रुपमा ध्वस्त भएको पीडित विनोद मण्डल ले बताए।

 

ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक सन्तोष खड्काले अहिले सम्म के ले आगो लागेको भन्ने जानकारी नाएको र स्थानिय को अनुसार वहाँ कै दाई चलाउँदै गरेको थ्रेसर को झिल्को घर मा रहेको भुस राखेको बाट आगलागी हुदा विनोद मण्डलको घर पुर्ण रुपमा जलेर नष्ट भएको बताए।
आगलागी बाट मण्डल को घरमा रहेको,गरगहना, लत्ता कपडा र जिन्सी समान जलेर नष्ट भएको छ ।

 

आगो लाई स्थानियवासी, नगर प्रहरी,बारुणयन्त्र,जनपत प्रहरीे ले करीव १ घण्टाको प्रयासपछी आगो नियन्त्रणमा लिएका थिए ।