आईपीएलमा पञ्जावको दोस्रो जित, लखनउ ८ विकेटले पराजित

लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गर्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ।

मंगलबार भएको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पञ्जावले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेटायो।

पञ्जावको जितमा प्रभसिमरन सिंहले सर्वाधिक ६९ रनको योगदान दिए। उनी ३४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दा क्याच आउट हुन पुगे।

त्यसअघि लखनउमा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पारेको थियो।

निकोलस पुरनले सर्वाधिक ४४ रन थपे। आयुष बाडोनीले ४१ र अब्दुल समादले २७ रन थपे।

ओपनर एडेन मक्रम २८ रन बनाउँदा क्याच आउट हुन पुगे।

पञ्जावका लागि अर्षदिप सिंहले ३ विकेट लिए। लोकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जानसेन र युजभेन्द्र चाहालले समान एक विकेट लिए।

जितसँगै पञ्जाव किंग्स अंक् तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

समान २ खेलमा जित निकालेका रोयल च्यालेन्जर्स बैग्लुरु, पञ्जाव र देल्ली क्यापिटल्स शीर्ष, दोस्रो र तेस्रो स्थानमा छन्।

लिगका ३ खेल मध्य दुई खेलमा हार र १ खेलमा पराजित लखनउ अंक तालिकाको छैटौँ स्थानमा छ।

आईपीएलमा बुधबार रोयल च्यालेन्जसै बैंग्लुरु र गुजरात टाइटन्स भिड्नेछन्।