

“निरीक्षण अनुगमन सम्पन्न”
कोशी आवाज
१० बैशाख २०८२,
मोरङ, रंगेली। मिति २०८२।०१।१० गते तालुक कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले यस इलाका प्रहरी कार्यालय रंगेली मोरङको सम्पुर्ण शाखाहरु र हिरासत कक्षको स्थलगत निरीक्षण अनुगमन गरी बिभागीय मूल्य, मान्यता र आदेश निर्देशन बमोजिम व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भई आम नागरिकहरुमा शान्ति सुरक्षाको अनुभुति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय कार्य गर्नु भएका यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार खड्कालाई नगद पुरस्कारद्वारा पुरस्कृत गर्नुका साथै यस कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन सहित टि-सर्ट (भेष्ट) वितरण गर्नु भएको ।