मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं.७, निवासी प्रमोद कुमार चक्रवर्ती लाई कोशी प्रदेशको इन्चार्ज पदमा मनोनित गरिएको छ । 

 प्रमोद कुमार चक्रवर्ती नेपाल राष्ट्रिय बंगला समाज केन्द्रिय सदस्य तथा  कोशी प्रदेश इन्चार्जमा मनोनित  भएको छ।

               कोशी आवाज बैशाख ९ गते मंगलवार

                     विषयः मनोनित गरिएको बारे ।

रंगेली।  नेपाल राष्ट्रिय बांग्ला समाज केन्द्रिय कार्य समितिको मिति २०८०/१२/२० गते का दिन भर्चुअल बैठको निर्णय एवं नेपाल राष्ट्रिय बांग्ला समाजको विधान २०८० को परिच्छेद १ को दफा १ को उपदफा (ख) र परिच्छेद २ को दफा ४ को उप-दफा (ज) तथा परिच्छेद ५ को दफा १८ को उपदफा (छ) बमोजिम कार्य गर्न गराउन एवं पत्रचार भएको मिति देखी ६ महिना भित्र कोशी प्रदेश अन्तरगत स्थानिय तह, जिल्ला र कोशी प्रदेश कमिटि साथै आवश्यकता अनुसारको कमिटिहरु गठन/पुनर गठन गरी कोशी सम्मेलन गर्न गराउन यस संस्थाको विधानको मातहतमा रहि वफादारी पूर्वक मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं.७, निवासी प्रमोद कुमार चक्रवर्ती लाई कोशी प्रदेशको इन्चार्ज पदमा मनोनित गरिएको छ्न ।