शिक्षक आन्दोल चल्दै गर्दा शिक्षा मन्त्रीको राजिनामा आउँछ यो कुनै षड्यन्त्रको संकेत हो।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ५ क्षेत्रीय सचिव फैयाज राइनले भन्छन ।

कोशी आवाज
बैशाख ८ गते सोमबार

रंगेली। शिक्षक आन्दोल चल्दै गर्दा शिक्षा मन्त्रीको राजिनामा आउँछ यो कुनै षड्यन्त्रको संकेत हो। आज मन्त्री सांसदहरु को सेवा सुविधा बढाउनु पर्यो भने तु को तु निर्णय गरेर सेवा सुबिधा बढछ। सरकारको यहि रवैयाले आज जनतामा निराशा छाएको विभिन्न आन्दोलन हरुले प्रस्ट पारेको छ। शिक्षक हरु पनि आफ्नै देशको नारिक हो प्रधानमन्त्री ज्यु अरु देश बाट आएको होइन तपाईं पुरानै राजनीतिज्ञ हुनु हुन्छ तपाईं संग धेरै धेरै अनुभव पनि छ तपाई को अगाडि बिचारा त्यो शिक्षकहरु केही पनि होइन। शिक्षकहरुको आन्दोलनलाई बेवस्ता गर्नु भन्दा शिक्षक आन्दोलनलाई गलाउनु भन्दा पनि आफ्नै नागरिक सम्झी आन्दोलनरत शिक्षकहरुको मांग यथासिघ्र सम्बोधन गर्न हार्दिक अनुरोध गर्द छु र शिक्षक आन्दोलन पर्ती मेरो एकबध्यता मात्र होइन पुर्ण समर्थन छ।